१६ चैत्र २०८० शुक्रबार
समाज

राम्चे गाउँका २५ परिवार बिरामी

सोलुखुम्बु- सोलुखुम्बुको दूधकौशीका ४ जुबु राम्चे गाउँका २५ घरपरिवारका व्यक्ति बिरामी परेका छन्। पाँच दिनयता ३० जना भन्दा बढी विरामी परेको जुबु स्वास्थ्य चौकीका इन्चार्ज रामनारायण मेहेताले बताए।

                अस्पताल आउने बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, झाडावान्ता आउने समस्या देखिएको मेहेताको भनाइ छ । महामारीकै रूपमा समस्या देखिएपछि जिल्ला अस्पतालवाट डा. राजेन्द्र बस्नेतको नेतृत्वमा प्रयोगशाला, औषधि र जनस्वास्थ्यको प्रतिनिधि टोली जुबु प्रस्थान गरेको छ । समस्या पहिचान नभएकै कारण थप उपचारका लागि जिल्ला अस्पतालबाट टोली जानु परेको हो ।

उपचार अभावमा १६ बर्षीय किशोरको मृत्यु

समयमै उपचार नपाउँदा सोलुखुम्बु जुबुका एक किशोरको ज्यान गएको छ । समयमा उपचार नपाउँदा दूधकौसीका गाउँपालिका–४ राम्चेका रामबहादुर पुरीका छोरा राकेश पुरीको ज्यान गएको हो । झाडापखालाको बिरामी परेको दुई दिन हुँदासमेत बालकलाई अस्पताल पु¥याइएको थिएन ।

                राकेशको शुक्रबार राति अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । झाडापखाला बिरामी उनलाई धामीको भरमा घरमै राखिएपछि मृत्यु भएको जुबु स्वास्थ्य चौकीका इन्चार्ज रामनारायण मेहेताले बताए । उनी जुबुमै कक्षा ९ मा अध्ययनरत थिए ।

 

प्रकाशित: ३२ श्रावण २०७४ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App