७ वैशाख २०८१ शुक्रबार
समाज

इलाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा रेडियो र पत्रिका बन्द

इलाम— माइ नगरपालिका–८ स्थित चैतेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। ९७ वर्षीय मदन मगरको घरमाथिबाट झरेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

‘माथिबाट खसेको पहिरोले घर पुर्दा घरभित्र सुतिरहेका मगरको मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले भने। पाँच दिनदेखि भइरहेको अविरल वर्षासँगै जिल्लाका विभिन्न स्थान बाढी र पहिरोको चपेटामा परेका छन्।

चुलाचुली गाउँपालिकाका सकफारा भन्ने ठाउँका ८ वटा घर मावा खोलको कटानले जोखिममा परेका छन्। ती घरका बासिन्दा विस्थापित हुने अवस्थामा रहेको बताइएको छ।

माइ नगरपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिकाका दर्जनौं घर जोखिममा छन्। वर्षापछि खोलामा आएको बाढीले ती ठाउँका बस्ती डुबानमा परेका छन्।

शुक्रबार रातिदेखि विद्युत् आपूर्ति बन्द छ। इलामका चार रेडियो, चार दैनिक पत्रिका बन्द भएका छन्। मोबाइल सेवा प्रदायक एनसेलको सेवा अवरुद्ध छ। नेपाल टेलिकमको सेवा शनिबार रातिदेखि सञ्चालनमा आएको छ।

प्रकाशित: २९ श्रावण २०७४ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App