८ वैशाख २०८१ शनिबार
समाज

सुत्केरी ब्यथा लागेकी महिला चढेको गाडी बाढीमा डुब्यो, ६ जनाको मृत्यु

गौर- सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ। भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवा चौकस्थित लालबकैया नदीमा डुबेको थियो।

परोहा गाँउपालिका वडा नं ०३ लौकाहाका रामसेवक प्रसाद यादवको बुहारीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चन्दन किशोर यादव, सरोजकुमार यादव, चन्दनकी श्रीमती, आमा, र छोरी रहेको स्थानीय सत्रुघन सिंहले जानकारी दिए। घटना बिहान ४ बजे घटेको थियो। 

यसैबीच रौतहटको विभिन्न क्षेत्र डुबानमा परेको छ। सदमुकाम गौर नगरपालिका जलमग्न बनेको छ। रौतहट प्रहरीका अनुसार जिल्लाका ४ सय बढी घर डुबानमा परेको छ। गरुडा नगरपालिकासहित कटहरिया, शिवनगर, समनपुर, बरियारपुर, राजपुर, गङ्गापिपरा, मत्सरी झुन्खुन्वा, हजमिनिया बजारहरु डुबानमा परेका हुन्।

जिल्लाको लाल बकैया, बागमती, झाझ, चादी, अरुवा, लमहा नदीको बाढीले ती क्षेत्रहरु डुबान परेको प्रहरीले जनाएको छ।

त्यस्तै रौतहटको समनपुरस्थित निर्माणधीन पुलमा ६ जना कामदार बाढीमा फसेका छन्। उनीहरु क्रेनको टुप्पामा बसेर उद्धारको पर्खाईमा छन्। इलाका प्रहरी कार्यालय समनपुरमा सई मदनका ठाकुर अनुसार उनीहरु उद्धारको पर्खाईमा छन्। पानीको सहत बढेकाले उद्धार कार्यमा समस्या भइरहेको बताए।

 

प्रकाशित: २९ श्रावण २०७४ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App