१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वर्षाका कारण धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासियो

मोहत्तरी-  अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासिएको छ। पुल भासिएपछि पुलमा भारी सवारी अवरो गरिएको छ। हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ। पुल ४ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ।

डिएसपी सालिकराम शर्माका अनुसार भोली प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्ने छ। तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो। पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो रहेको छ।

प्रकाशित: २८ श्रावण २०७४ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App