१६ चैत्र २०८० शुक्रबार
समाज

बुढीखाेलाकाे बाढीले इटहरी बजार डुब्याे, ६ काे मृत्यु

इटहरी – तीन दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण इटहरी बजार र आसपासका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ भने ६ जनाकाे मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएका छन् । 

इटहरीको गैह्रीगाउँ, बसपार्क क्षेत्र, नेपाली सेनाको पूर्वी वृतना मुख्यालय आसपासका क्षेत्रका सम्पूर्ण घरहरू पूर्ण रुपमा डुबेका छन् । अविरल वर्षासँगै शेरा खोला र बुढीखोलामा आएको बाढीका कारण इटहरीकाे करिव चार सय घर बगाएकाे छ। 

बाढी परी  मृत्यु हुनेहरूमा  इटहरी ४ की ३० वर्षीया माला शाह, भोजपुर घोडेटार घरभई इटहरी ४ बस्ने ३२ वर्षीया माया राई, उनको तीन वर्षीया छोरा रुपेश राई र आठ वर्षीया रुपसनी राई,  इटहरी १० की ३५ वर्षीया अनिता धिमाल र इटहरी ४ का ४० वर्षीया ईश्वर सुनुवार रहेका छन् । त्यसैगरी बेपत्ता हुनेहरूमा आशादेवी राई, रामकुमार राई, मिनेश राई, खुशी राई, चन्दा तामाङ र  नौमहिनाकी बालिका रहेका छन् । 

बाढीका कारण सञ्चार माध्यमहरू अवरुद्ध भएका छन् भने एक स्थानबाट अर्को स्थानमा जान नसकिने अवस्था रहेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी राजेश गिरीका अनुसार सेनाको क्याम्प पनि पूर्ण रुपमा डुबेका कारण सेनाले सबैतिर उद्धार गर्न नसक्ने हुनाले गृहमन्त्री जनार्दन शर्मासँग सम्पर्क गरेर केन्द्रीय स्तरबाटै उद्धार टोली खटाउन आग्रह गरिएको छ। ‘नेपाली सेनाको क्याम्प पनि पूर्ण रुपमा डुबानमा परेका कारण अधिकांश सेना त्यतै व्यस्त भएकाले अन्य सर्वसाधारणहरूको उद्धारकार्यमा ढिलाई भइरहेको छ,’ उनले भने।  

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीकाे टाेली खटिइरहेकाे छ । उद्धार गरिएका पाँचसय पीडितहरू इटहरी ४  स्थित बुढीगंगा प्रावीमा बसिरहेका छन् भने अरू अा–अाफ्नै ढंगले सुरक्षित स्थानमा बसिरहेका छन् । 

प्रकाशित: २८ श्रावण २०७४ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App