coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा. केसीको समर्थनमा अस्पताल बन्द

रोल्पा- चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा रोल्पाकाका चिकित्सकहरूले आपतकालीन सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। डाक्टर केसीको मागप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले यसो गरेका हुन्।

एक वज्ञप्ती जारी गर्दै अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुले डा. गोविन्द केसीको समर्थनमा एकेबद्धता जनाएका हुन्। अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीले केहीदिन यता विरोधस्वरुप हातमा कालो पट्टि बाँधेर सेवा सञ्चालन गरेपनि आजदेखि सबै सेवा बन्द गरेका हुन्। सूचना टास गर्दै उनीहरुले सेवा प्रवाहमा पुगेको असहजताप्रति क्षमा समेत मागेका छन्।

प्रकाशित: २७ श्रावण २०७४ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App