१६ चैत्र २०८० शुक्रबार
समाज

इलाममा पहिरोले पुर्‍यो विद्यालय भवन

इलाम – चुलाचुली गाउँपालिका वडा–१ स्थित सागर आधारभूत विद्यालयको भवन पहिरोले पुरेको छ । स्थानीय कमल खोलाले जमिन कटान गरेर पहिरो जाँदा विद्यालय भवन पुरिएको हो ।

वडा–१ का वडाध्यक्ष पूर्णचन्द्र लावतीका अनुसार कक्षा–४ सम्म पठनपाठन भइरहेको विद्यालयका दुईमध्ये अर्काे भवन पनि पहिरोको जोखिममा छ । भवन पहिरोले पुरेपछि एउटा मात्रै भवनमा पठनपाठन गराउन समस्या भएको उनले जनाए । ‘कमल खोलामा बाढी आइरहेकाले अर्को पनि भवन कुनबेला पहिरोमा पर्ने हो टुंगो छैन,’ उनले भने, ‘बाढी निरन्तर आइरहे यहाँका २५ घर–परिवार विस्थापित हुनुपर्ने अवस्था छ ।’

खोलामा तटबन्ध निर्माणका लागि सहयोग मागेपनि नपाएकाले विद्यालयमा क्षति भएको र बस्तीसमेत जोखिममा परेको उनले जनाए । 

प्रकाशित: २६ श्रावण २०७४ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App