८ वैशाख २०८१ शनिबार
समाज

जात्रामा झडप हुँदा दश घाइते, नियन्त्रणमा लिन हवाई फायर

नुवाकोट—बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डबलीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच आज झडप भएको छ। बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

लाखे नाचअन्तर्गतको हिले जात्रा हेर्न पुगेका जात्रालुहरु दुई समूहमा विभाजित भएर झडप हुदाँ दुवै पक्षका दश जना घाइते भएका छन्। घाइते हुनेमा बेलकोटगढी–६ का दीपराज लामा, प्रवीन तामाङ, प्रकाश तामाङ र सुब्बा तामाङ रहेको प्रहरी चौकी झिल्टुङका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पंकजकुमार सिंहले जानकारी दिए।

यस्तै, बेलकोटगढी–७ रातमाटेका किरण लामा, चतुरमान लामा, अरुण अधिकारी, शम्भु कुँवर, निमा लामा र प्रदीप लामा घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएकाहरुको टाउकामा चोट तथा हात र खुट्टा भाँचिएका छन्। रासस

प्रकाशित: २५ श्रावण २०७४ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App