१५ चैत्र २०८० बिहीबार
समाज

रौतहटमा सडकका सबै खाल्डा पुर्न निर्देशन

रौतहट- सडक बनाउनको लागि खनेको खाल्टोमा जमेको पानीमा डुबेर शनिवार चार बालिकाको मृत्यु भएपछि बल्ल रौतहट प्रशासनको त्यस तर्फ ध्यान दिएको छ। जिल्लामा स्थानीय तह, सडक डिभिजन कार्यालय, सिँचाइ विभाग लगायतका निकायबाट विभिन्न समयमा सडक बनाउन खाल्डाखुल्डी खनेको भए पनि कसैले पुर्न चासो नदेखाएको अवस्थामा एकसाथ चार बालिकाको ज्यान जाने गरी ठूलो दुर्घटना भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले विभिन्न निकायलाई सडकको छेउछाउका खाल्डा पुर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले सडक डिभिजन कार्यालय, रौतहटका तीन नगरपालिका र १३ गाउँपालिकाको नाउँमा सडक बनाउँदा सडक छेउमा खनिएका सबै खाल्डा तत्काल पुर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले बताए।

प्रकाशित: २२ श्रावण २०७४ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App