१५ चैत्र २०८० बिहीबार
समाज

वर्षाका कारण विद्यालय भवन भत्कियो

सल्यान – अविरल वर्षाका कारण यहाँको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ। 

बिहीबारदेखि परेको अविरल वर्षाका कारण बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धेश्वरी माविको भवन भत्किँदा पठनपाठनमा समस्या भएको शिक्षक विमलराज डिसीले जानकारी दिए। विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् । 

पुल नबन्दा सास्ती 

पश्चिम क्षेत्रमा गए रातिदेखि परेको अविरल वर्षाका कारण बन्गाड खोलामा पानीको सतह बढेपछि छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध बनेको छ । पानीको सतह बढेसँगै यातायातका साधन खोलावारि पारि रोकिएका छन्। 

नेपालगञ्जबाट सुर्खेत र जाजरकोटका लागि हिँडेका यात्रुवाहक तथा मालवाहक सबै गाडी अलपत्र परेका छन् । खोलामा पक्की पुल नबन्दा उक्त क्षेत्रमा वर्षात्मा वर्षेनी नागरिकले दुःख पाउने गरेका छन्।  

यस्तै रुकुम चौरजहारी सडकखण्डको नाथेखोलाको बन्गाड खोलामा गाडी फसेको छ । उक्त क्षेत्रमा पनि पक्की पुल नहुँदा र निर्माणाधीन पक्की पुल नबन्दा यातायातका साधन आवतजावतमा कठिनाइ भएको छ। 

नाथेखोला नजिकै बन्गाड खोलामा निर्माणाधीन पक्की पुलको काम भने अलपत्र अवस्थामा छ । रुकुम चौरजहारी सडकखण्डमा वर्षाका कारण दुई महिनादेखि यातायातका साधन सञ्चालन हुन सकिरहेका छैनन् । रासस 

प्रकाशित: २१ श्रावण २०७४ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App