७ वैशाख २०८१ शुक्रबार
समाज

सवारी दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौँ – नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट शनिबार बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ। 

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ । अन्दाजी २२÷२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थानीयवासीले शनिबारबिहान ५ः३० बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए। 

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: २१ श्रावण २०७४ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App