१६ चैत्र २०८० शुक्रबार
समाज

अत्याधिक वर्षाले डेढ दर्जन घरमा क्षती

रौतहट- केही दिनदेखि परेको पानीले रौतहटमा क्षती पर्‍याएको छ। निरन्तर पानी परेपछि रौतहटमा डेढ दर्जनभन्दा बढी घरमा क्षती पुगेको छ भने पचास बिगाहा भन्दा बढी धानखेती डुबानमा परेको छ। रौतहटको राजपुर गाउँपालिकामा शेख अलि अख्तर, परोहा गाउँपालिकामा दशैँ साह तेलीको घर अत्यधिक वर्षातले भत्केको छ। यसै गरी ईशनाथ गाउँपालिकाका दिलिप महतो र अच्छेलाल महतोको घर वर्षाले ढलेका छन् । फतुवा विजयपुरमा शेख भेला र जर्नैल बैठा तथा गढिमाई गाउँपालिका ५ का भुटा सहनीको घर वर्षाले ढलेको प्रहरीले जनाएको छ। जिल्लामा शुक्रबार दिउँसोसम्म डेढ दर्जनभन्दा बढीको घर अत्यधिक वर्षाको कारण ढलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । खपडा र फुसले छाएको कच्ची घर ढल्नाले लाखौँको क्षति भएको देखिएको छ।

यसै गरी वर्षाले रौतहटको विभिन्न गाउँमा धानखेती डुबानमा परेको छ । गढीमाई गाउँपालिकाको संग्रामपुर गाउँमा पचास बिगाहा धान खेत वर्षाको पानीले डुबानमा परेको स्थानीयले बताएका छन्। बागमती सिँचाइ आयोजनाले समयमै नहरमा पानी नदिएको र किसानहरुले बोरिङले खेत रोपेपछि नहरमा पानी आउँदा वर्षाको पानी थपिएपछि धानखेत डुबानमा परेको स्थानीय बिलट पटेलले बताए।

प्रकाशित: २० श्रावण २०७४ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App