८ वैशाख २०८१ शनिबार
समाज

बागलुङमा पहिरोले पुरिएर तीन जनाको मृत्यु, चार जना बेपत्ता

बाग्लुङ- जिल्लाको पश्चिममा बाढी पहिरोको कारण तीन जनाले ज्यान गएको छ। चार जना बेपत्ता भएका छन्। निरन्तर वर्षाका कारण बाढी पहिरो जाँदा ढोरपाटन नगरपालिका-५ मा एक जना र निशीखोला गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। ढोरपाटनका ५५ वर्षीय हुमे विकको घरमाथीबाट आएको पहिरोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ। परिवारका अन्य सदस्यलाई छिमेकी उद्धार गरेका छन्। निशीखोला-२ मा पहिरोमा पुरिएर मनिमान छन्त्यालको मृत्यु भएको छ।

निशीखोला-१ हुँल्दीमा पहिरोले घर बगाउँदा लालबहादुर सिञ्जालीकी आमाको मृत्यु भएको बताइएको छ। हुल्दीमा एक जना बेपत्ता भएका छन्। निशीखोला-२ एकै परिवारका चार जना बेपत्ता भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिएका छन्।

पहिरोले विभीन्न ठाउँमा गरि आधा दर्जन घर बगाएका जानकारी प्राप्त भएको निशीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेलले बताए। बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीयले जानकारी दिएका छन्। बाढी पहिरो प्रभावित क्षेत्रमा निशीखोलाका तारानाथ पौडेल लगायतको टोली स्थलगत निरीक्षणका लागि गएको छ। बाढी पहिरोले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: २० श्रावण २०७४ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App