१६ चैत्र २०८० शुक्रबार
समाज

कर्णली करिडोरमा विचौलियाले फिर्ता गरेनन् डेढ करोड कमिसन

कालिकोट- रुपैडिया हिल्सा सडक अन्तर्गत कर्णाली करिडोरमा विचौलियाले ट्रकबाट असुलेको डेढ करोड कमिसन अझै फिर्ता गरेका छैन्। विचौलियाले कर्णाली करिडोरमा स्थानीय र गाडि साहुलाई ढाड सेक्ने गरी कमिसन असुली गरेका थिए । स्थानीयवासी र प्रशासनबीच छलफलले अवैद्य रुपमा डेढ करोड रुपैयाँ खाने विचौलीयालाई रकम फिर्ता गर्न आग्रह गरिएको थियो।  विचौलिया तह लगाउन स्थानीय प्रशासन सफल भए पनि भाडामा खाएको कमिसन भने फिर्ता गराउन सकेको छैन्।

विचौलियाले गरेको अनियमितता र कमिसनका विषयमा समाचार प्रकाशनपछि करिडोमारमा संचालन भएका २ ट्रक को काम बन्द गराइएको थियो।  चौतर्फी दबाव बढेपछि जिल्ला प्रशासनले सर्वदलीय वैठक बोलाएर सस्तो भाडादरमा संचालन गर्ने निर्णय गरेपछि ट्रक संचालनमा आएका थिए। प्रशासनले नेपाली सेनासँग समन्वय गरेर स्थानीय उपभोक्ता र व्यापारीलाई सहज बातावरण गर्न सस्तो भाडादर निर्धारण गरेर ट्रक संचालन गर्ने निर्णय गरेको थियो। सञ्चालनमा आएका ट्रकमा चर्को भाडा दर अशुली भएको सार्वजनिक भएपछि प्रशासनले तत्काल छलफल गरेको थियो।

गत बैशाख १ गतेदेखि कर्णाली नदिमा पर्ने जितेगडा फेरीबाट २ वटा ट्रक कर्णाली पारी लगीएका छन्। नेपाली सेना र स्थानीयको सामान ढुवानीका लागि ट्रक कर्णाली पारी लगिएका हुन् । तर ट्रक साहु र चालकलाई जानकारी नै नहुने गरी विचौलियाले सामान ढुवानीमा चर्को भाडादर असुल्ने गरेको पाइएको थियो। नेपाली सेनाको सडक निर्माण कार्यदलले कर्णाली करिडोरमा कामको जिम्मा लिएको सडकमा सामान ढुवानी गर्ने नाममा विचौलियाको हालिमुहाली भएको स्थानीयको गुनासो आएको थियो।

सुर्खेत नौलापुर घर भएका टोपनारायण चालीसेले ट्रकमा कर्णाली करिडोरको जितेगडा—फुगाडसम्मको सामान ढुवानीमा डेढ करोड बरावरको कमिसन खाएको खुलेको छ। उनले ट्रक साहु र चालकलाई थाहा नुहने गरी सामान ढुवानीमा चर्को भाडा असुली गरेका हुन्। विचौलियालाई कार्वाही गरि पाउँ भन्दै स्थानीय व्यपारीले जिल्ला प्रशासनमा निवेदन समेत दिएका छन्।

जितेगडादेखि रेगील, आमतडा हुँदै सान्तिघाटसम्म १ केजी बरावर ४ रुपैयाँ ५० पैसा लिने गरेका छन्। त्यस्तै शान्तिघाटदेखि फुगाडसम्म १ केजी समान बरावर ७ रुपैयाँ ५० पैसाँ भाडा लिने गरिएको छ । ८ टन बोक्ने क्षमता भएको १ ट्रकमा दिनको १ ट्रिप बरावरको हिसावका दरले जितेगडादेखि शान्तिघाटको ३८ हजार २५० रुपैयाँ हुन्छ। यसमा गाडि साहुले पाउने ८ हजार ५ सय मात्र हो । तर विचौलीयाले सोझै खाने रकम २९ हजार ७५० हिसावमा आउँछ।

त्यस्तै जितेगडादेखि फुगाडसम्म एक ट्रक बरावरको ढुवानी भाडा दर  ६३ हजार ७५० हुन आउँछ। यसमा ट्रक साहुँले पाउँने रकम १० हजार ६२५ मात्र हो भने टोपनारायण चालिसेले पाउने रकम ५३ हजार १२५ हुन्छ । दुई वटा ट्रकको हिसाव गर्दा दिनको १ ट्रिप गर्दा जितेगडादेखि फुगाडसम्म १ लाख ६ हजार २५० रकम हुन्छ । गत बैशाख १ गतेदेखि सञ्चालमा आएको ना.६ ख.१७३१ नम्बरको ट्रक हो भने जेठ १ गतेदेखि ना.५ ख १८८४ नम्बरको ट्रकद्धारा दैनिक सामान ढुवानी  हुँदै आएको छ । जितेगडादेखि फुगाडसम्म २१ किमी सडकको लम्बाई रहेको छ ।

हालासम्मको मिति हेर्दा दुईवटै ट्रकको १०७ दिन सञ्चालमा गाडि साहुँले बताएका छन् । १०७ दिनको हिसाव गर्दा झन्डै १ करोड ५० लाखभन्दा धेरै कमिसन विचौलियाले लिएको गुनासो छ।

ट्रकको ढुवानी भाडा उठाउनेमा टोपनारायण चालीसेले आफ्ना एक जना प्रतिनिधि राखेका थिए। उनले बाजुर गोत्री — ३ घर भएका बसन्त शाहीलाई भाडा उठाउने जिम्मा दिएका थिए । ट्रक साहुँ जंगबहादुर शाही र दिपक बिष्टले ढुवानी भाडाले आफुलाई गाडिको तेल खर्चसम्म पनि नपुग्ने गरी कमिसन खाएको गुनासो गरेका छन् । जंग शाहीले भने, ‘कर्णाली पारी गाडि लगेर स्थानीयबासीले सेवा पाए पनि महंगो ढुवानी भाडामा परेका थिए । भने आफुलाई पनि घाटा बेहोर्नु परेको थियो ।’

स्थानीय जितेगडाका ब्यापारी मथुरा न्यौपानेका अनुसार विचौलियाले गर्दा गाडी साहु  सामान ढुवानी गर्ने मानिसलाई ठूलो मारमा परेका सुनाए । उनले भने, ‘भाडादर महंगो भएपछि गाउँमा स्थानीय उपभोक्ताले महंगो मुल्य हालेर दैनिक उपभोग्य सामान किन्न बाध्य भए ।’ जिल्ला प्रशासनकाका अनुसार आज भोली भने ट्रकको ढुवानी भाडादर निर्धारण भएको छ । पहिला १ केजीको ४ रुपैयाँ ५० पैसाँ थियो भने, आजभोली २ रुपैयाँ ५० पैसामा ढुवानी गरिएको छ । पहिला भने जिल्ला प्रशासनले भाडा निर्धारण नगरेकै काराण ढुवानी भाडादरमा मनपरी भएको छ ।

प्रकाशित: १६ श्रावण २०७४ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App