१५ चैत्र २०८० बिहीबार
समाज

१०० नंमा २३ प्रतिशत ब्लफकल

रत्ननगर (चितवन)- अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नंमा एक चौथाइ ब्लफकल आउने गरेको पाइएको छ। प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दैनिक करिब ५०० वटा फोन प्रहरीको १०० नम्बरमा आउँछ। गत एक वर्षमा गरिएको अध्ययनमा आएको फोनमध्ये २३ प्रतिशत ब्लफकल हुने गरेको पाइएको हो। पाँच सेटमार्फत फोन उठाउने गरिएको प्रहरी नियन्त्रण कक्षमा रहेको उक्त हटलाइनमा अनावश्यक फोनले कहिलेकाहीँ प्रहरी हैरान हुने गरेका छन्।

उक्त फोनमा सामान्य सोधपुछका ३७ प्रतिशत र सवारी दुर्घटनासम्बन्धी १८ प्रतिशत फोन आएको पाइएको छ। एक वर्षमा गरिएको अनुगमनमा घरायसी झगडासम्बन्धी पाँच प्रतिशत, सामान छुटेका बारे एक प्रतिशत, सामाजिक अशान्तिका १३ प्रतिशत र मानिस हराएका बारे तीन प्रतिशत फोन आएको पाइएको थापाले जानकारी दिए।

ब्लफ कलले हैरान बनाउने गरेको प्रहरी नियन्त्रण कक्षका एक जना प्रहरीले बताए। उनका अनुसार महिलाहरुले खाना खानुभयो, मलाई चिन्नु भएन जस्ता कुरा गर्ने, कहिलेकाहीँ किशोरकिशोरी र बच्चा जम्मा भएर हेल्लो प्रहरी कन्ट्रोल भनेर जिस्क्याउने, कुकुर भुकेको आवाज सुनाउने र रोएको आवाज सुनाइदिने गरेका छन्।

कतिपयलाई फोन गरेरै अभिभावकलाई सम्झाउने गरिएको उनको भनाइ छ। चितवन प्रहरीले सामुदायिक सेवामार्फत नागरिक सहायता कक्षबाट गत एक वर्षमा २८ हजार ३९५ जनालाई सेवा पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १५ श्रावण २०७४ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App