७ वैशाख २०८१ शुक्रबार
समाज

सुधारको बाटोमा वीर अस्पताल

काठमाडौं- जर्जर र अस्तव्यस्तको पर्याय बनेको मुलुककै जेठो वीर अस्पताल सुविधा सम्पन्न हुने बाटोमा अग्रसर बनेको छ। ६ सय ५० शऒ्ढयाको सर्जिकल ब्लकसहित नयाँ भौतिक पूर्वाधार निर्माण प्रक्रियामा रहेको वीरमा अत्याधुनिक उपकरण र नयाँ सेवासमेत थपिएको छ। अस्पतालको इतिहासमै गत आर्थिक वर्षमा सबैभन्दा बढी उपकरण र सेवा थपिएको छ। हाल वीरमा चार सय ६० शऒ्ढया छन्।

अस्पताल १ सय २७ वर्ष पूरा गरेको सन्दर्भमा बिहीबार आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वीरलाई देशकै नमुना अस्पताल बनाउन सरकार हर सहयोग गर्न तत्पर रहेको बताए।

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतका अनुसार अस्पतातको भौतिक सुधार, क्षमता तथा सेवा विस्तार र प्रवाह, प्रशासनिक सुधारका काम एकैपटक सुरु भएको बताए।

पूर्वस्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा अस्पतालमा उपकरण खरिद एवं थप सुधारका लागि करिब १ अर्ब ८०  करोड अतिरिक्त बजेट उपलब्ध गराइएसँगै सेवा र पूर्वाधार थप्ने काम सुरु भएको थियो। नियमित रुपमा सरकारले अस्पताललाई ८१ करोड रुपैयाँ दिएको थियो।

वाहिरबाट किनेर अक्सिजनको जोहो गरिरहेको अस्पतालले यो वर्ष अस्पताल हातामै अक्सिजन प्लान्ट निर्माण गरेको छ। अस्पतालका अनुसार यो वर्ष ६ वटा हेमोडाइलायसिस मेसिन जडान गरी २४ घन्टे हेमोलाइलायसिस सेवा सञ्चालनमा ल्याइसकिएको छ भने थप ९ मेसिन आउने क्रममा छन्।  अस्पतालले बीचमा केही वर्ष रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पनि  पुनः सुरु गरेको छ।

डा. बस्नेतका अनुसार १० बेडको हाइडिन्डेन्सी वार्ड (एचयुडी) निर्माण भइरहेको छ। यो वर्ष नै पुरानो आइसियुमा तीन शऒ्ढया थपी ९ पुर्‍याइएको छ। चैतदेखि सातामा दुई दिन मानसिक रोगको ओपिडीसमेत सुरु भएको छ। 'सेवालाई चुस्त बनाउन अल्ट्रासाउन्ड सोही दिन गराउने, सिटी स्क्यान र एमआरआई रिपोर्ट पनि छिट्टै दिने व्यवस्था गरिएको छ,' बस्नेतले भने।

अस्पतालबाट डिस्चार्जका लागि कार्यालय समय नै कुर्नपर्ने पुरानो व्यवस्थामा सुधार गरी २४ घन्टे क्यास काउन्टर सुरु भएको छ। लिभर जाँचका लागि अत्यावश्यकीय फाइब्रोस्क्यान मेसिनसमेत यसै वर्ष आउँदैछ। क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक मेसिन रेडियोथेरापी, न्युरो सर्जरीका विभिन्न मेििन, युरो सर्जरीमा प्रयोग हुने अत्याधुनिक उपकरण, हाल्मोनियमलेजन, नाक, कान, घाँटी कार्डियोलोजी, ग्याष्ट्रोलोजीलगायत अधिकांश वार्डमा आवश्यक उपकरण जडान गरिएको बस्नेतले बताए। 'काठमाडौंका सुविधा सम्पन्न भनिएका अन्य अस्पतालमा भएका उपकरण अब वीरमा छैन् भन्ने अवस्था कमै छ,' बस्नेतले भने। यो वर्ष श्वासप्रश्वासका बिरामीका लागि छुट्टै युनिट र विपन्न बिरामीका लागि सरकाबाट सञ्चालित बिमालाई समेत व्यवस्थित गरिएको छ।

अस्पतालको वार्षिक प्रगति प्रतिवेदनअनुसार पुरानो स्टाफ क्वाटर रहेको १७ रोपनी जग्गामा अत्याधुनिक ७ तले सर्जिकल ब्लक निर्माण प्रक्रिया सुरु भएको छ। त्यसैगरी मूल भवनको पश्चिमतर्फ जापान सरकारको सहयोगमा अर्को सय शऒ्ढयाको भवन निर्माण आगामी महिना सुरु हुँदैछ।

पुरानो ओपिडी भवनको मेन लबी पुनः निर्माण गरी आधुनिक बनाइँदैछ। अस्पतालमा वर्षौ पुराना तीनवटा लिफ्ट हटाएर नयाँ जडान गरिएको छ। अस्पतालका शौचालय पुनर्निर्माण गरेर आन्तरिक विभागमा अपांगमैत्री र्‍याम जडान गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ।

गत आवमा इमरजेन्सीसहित झन्डै ३ लाख ८५ हजार बिरामीले सेवा लिएकोमा १२ हजार १ सयभन्दा बढीलाई भर्ना गरिएको अस्पतालले जनाएको छ। जसमध्ये झन्डै ६ हजार बिरामीको शल्यक्रिया गरिएको थियो।

सेवा प्रवाहलाई सहज बनाउन ओपिडी टिकट काउन्टर र क्यास काउन्टरमा टोकन सिस्टम लागू गरिएका,े अस्पताल फार्मेसी सञ्चालन गरिएको, इमरजेन्सी कक्षमा पुनर्निर्माणसहित सेवा व्यवस्थित गरिएको छ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. गणेश गुरुङले अस्पतालमा सेवा र पूर्वाधार अनुसार जनशक्ति थपका लागि पहल भइरहेको बताए। उनले भक्तपुरको दुवाकोटमा रहेको ५२० रोपनी जग्गामा अन्तर्राष्ट्रिय स्तरको अस्पताल, न्याम्सको प्रशासनिक भवनसहित वीरमा नभएका सेवा सञ्चालन गर्ने योजना सुनाए।

प्रकाशित: १३ श्रावण २०७४ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App