७ वैशाख २०८१ शुक्रबार
समाज

घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई बिहीबार पक्राउ गरेको छ। 

योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तिनलाई पक्राउ गरेको हो । कार्यालय प्रमुख सुवेदीको निवासबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । रासस 

प्रकाशित: १२ श्रावण २०७४ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App