४ वैशाख २०८१ मंगलबार
समाज

त्रिशुलीमा टिपर खस्यो, चालकसहित दुई जना बेपत्ता

धादिङवेसी- धादिङको गजुरी गाउँपालिका-२ स्थित बिहानी पम्प नजिकै त्रिशुलीमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन्। बा४ख ५१४६ नम्बरको उक्त ट्रिपर बिहान ५ बजे त्रिशुलीमा खसेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेमा सीतालेक-६ चालक सागर परियार र सोही ठाउँका भोजराज थपलिया छन्। नेपाली सेना र प्रहरीले उनीहरुको खोजीकार्य गरिरहेको छ। पानी टिपरसमेत नदेखिएकाले खोजीकार्य कठिनाई भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App