८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार आचार्यको 'ब्लाकमेलिङ' प्रकरण स्वतन्त्र छानवीन गर्न माग

काठमाडौं— पत्रकार महासंघका केन्द्रीय सदस्य एवं इमेज टेलिभिजनका पत्रकार सुरज आचार्यले एक व्यवसायीसँग समाचारको विषयलाई लिएर 'ब्लाकमेलिङ' गरेको प्रकरण स्वतन्त्र छानवीन गर्न नेपाल प्रेस युनियनले माग गरेको छ। महासंघ केन्द्रीय सदस्य समाचारको विषयमा मोलमोलाइमा संलग्न भएको विषयले पत्रकारिता जगत्‌लाई कठघरामा उभ्याइदिएको भन्दै यस्तो संगिन प्रकरणलाई ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाइएको छ।

'महासंघकै एक केन्द्रिय सदस्यले सभापति समेत रहेका सम्पादकलाई संलग्न गराएको यो घटनाबारे महासंघ केन्द्रीय समितिले स्वतन्त्र छानविनका लागि मार्ग प्रशस्त गरी पत्रकारितामाथि उब्जिएको सवाल निरुपण गर्छ भन्ने अपेक्षा गरिए पनि यसलाई ढाकछोप गर्ने काम मात्र हुनु आश्चर्यको विषय हो', युनियन महासचिव अजयबाबु शिवाकोटीद्वारा विज्ञप्तिमा भनिएको छ।

आचार्यले चावहिलको गणेश अटो वर्कसपका सञ्चालक गुनबहादुर थापा (दीपक) सँग समाचारको विषयलाई लिएर मोलमोलाइ गरिरहेको भिडियो असार २८ गते एउटा अनलाइनले सार्वजनिक गरेको थियो। आचार्यले भिडियोमा आफू कार्यरत समाचार संस्थाका सम्पादकलाई मिलाउनु पर्ने भन्दै मोलमोलाइ गरेको देखिएको थियो। आचार्य कार्यरत इमेज च्यानलका सम्पादक महेन्द्र विष्ट हुन्। उनी महासंघका केन्द्रीय सभापति पनि हुन्।

'महासंघकै एक केन्द्रिय सदस्यले सभापति समेत रहेका सम्पादकलाई संलग्न गराएको यो घटनाबारे महासंघ केन्द्रीय समितिले स्वतन्त्र छानविनका लागि मार्ग प्रशस्त गरी पत्रकारितामाथि उब्जिएको सवाल निरुपण गर्छ भन्ने अपेक्षा गरिए पनि यसलाई ढाकछोप गर्ने काम मात्र हुनु आश्चर्यको विषय हो', युनियन महासचिव अजयबाबु शिवाकोटीद्वारा विज्ञप्तिमा भनिएको छ।

महासंघले घटनालाई गम्भीरतापूर्वक नलिएको एवं महासचिवको नेतृत्वमा छानवीन समिति बनाइए पनि राजनीतिक प्रेरित रहेकाले स्वतन्त्र छानवीन गरिनुपर्ने युनियनले माग छ। घटनाबारे प्रेस काउन्सिल नेपाल मौन रहँदा सन्देह पैदा भएको भन्दै भनिएको छ, 'काउन्सिलका सदस्य समेत रहेका महासंघका अध्यक्ष मुछिएको यो घटनाबारे काउन्सिललाई आफ्नो सक्रियता देखाउँदै आफ्नो गरिमा कायम राख्न हामी आग्रह गर्दछौं।'

यो घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै युनियनले घटना सार्वजनिक हुनु, घटनामा संलग्न महासंघ केन्द्रीय सदस्यले स्वनिलम्वन गर्नु तर उनले मुछेका महासंघका सभापति तथा सम्वन्धित सञ्चारगृहका सम्पादक अझै पनि पानीमाथिको ओभानो रहन खोज्नु आश्चर्यजनक भएको बताएको छ। 'यो घटनाको स्वतन्त्र छानविनको लागि पत्रकार महासंघका सबै सदस्यहरु, सरोकारवालाहरुले दवाब दिन आवश्यक छ। नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको छाता संगठनका साथै गरिमापूर्ण नागरिक संस्थाको रुपमा कायम राख्न फेरि एकपटक सचेत हस्तक्षेपका लागि नेपाल प्रेस युनियन सबै सरोकारवाला समक्ष आग्रह गर्दछु', विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित: १० श्रावण २०७४ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App