१६ चैत्र २०८० शुक्रबार
समाज

'सहयोग गर्नुहोस्, म बाँच्न चाहन्छु'

सुशील दर्नाल

काठमाडौं—हेमराज गिरी १५ महिनाका हुँदा उनकी आमाले अर्कैसँग दोस्रो विवाह गरिन्। बुबा पनि अर्की आमा ल्याएर अलग्गै बस्छन्। आफ्ना ठूलो बुबाका घरमा बस्दै आएका सान्नी–त्रिवेणी गाउँपालिका–१ कालीकोटका १२ वर्षीय गिरीलाई एक्कासि रक्त अर्बुद (रक्त क्यान्सर) देखा पर्‍यो। गिरी २०७४ साल वैशाखदेखि ‘ब्लड क्यान्सर’ सँग जुधिरहेका छन्।

गिरीको ‘बोनम्यारो’(अस्थी मज्जा) बदल्नु पर्नेछ। उनको उपचारका लागि कम्तीमा रु १५ लाख खर्च लाग्ने चिकित्सकको भनाइ छ  चिकित्सकले १० दिनभित्र बोनम्यारो बदल्न सुझाव दिएका छन् तर अथै अभावका कारण आफूहरुले उपचार सुरु गर्न नसकेको आफन्तको भनाइ छ।

कान्ति अस्पतालमा उपचार सम्भव नभए थप उपचारका लागि भारत लैजानुपर्ने चिकित्सकले सल्लाह दिएको नवराजले जानकारी दिए। उपचारका लागि रु दुई लाख ७६ हजार सहयोग रकम संकलन भइसकेको छ।

कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौँमा गिरीको उपचार गर्न दाइ (माहिला बुबाको छोरा) नवराजले समाजसेवी मिलन कार्की र देवीराम देवकोटाले सहयोग जुटाउँदै आएका छन्। 'जति खर्च भए पनि म बाँच्न चाहन्छु, पैसा खोजेर भए पनि उपचार भएर म बाँचेँ भने त्यो पैसा कमाएर तिर्नेछु, मलाई सहयोग गर्नुहोस्', पीडित गिरीले सहयोगका लागि याचना गरे।

कान्ति अस्पतालमा उपचार सम्भव नभए थप उपचारका लागि भारत लैजानुपर्ने चिकित्सकले सल्लाह दिएको नवराजले जानकारी दिए। उपचारका लागि रु दुई लाख ७६ हजार सहयोग रकम संकलन भइसकेको छ ।

मध्यपश्चिम क्षेत्रीय अस्पतालले उनको उपचारका लागि कान्ति अस्पतालमा सिफारिस गरेको थियो। समाजसेवी कार्कीले पीडित गिरीको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारका लागि देश र विदेशमा रहेका सम्पूर्णमा सहयोगका लागि आग्रह गरेका छन्। 'उपचार नपाएर मृत्युसँग लडिरहेको जानकारी पाएपछि हामीहरू हेमराज बचाउने अभियानमा लागेका हौँ, व्यक्तिगत खर्चबाटै मैले उपचार सुरु गरेकी छु', कार्कीले भने।

सहयोगका लागि पीडित गिरीका दाजु नवराजका नाममा रहेको मेगा बैंक (महाराजगञ्ज शाखा) को खाता नं ०२०००५००८५२६७ मा सहयोग जम्मा गर्न आग्रह गरिएको छ।

'हामीले सोचेभन्दा धेरै खर्च लाग्ने रहेछ, हामी एक्लैले नसक्ने भएका कारण सबैसँग सहयोगको लागि अनुरोध गर्दर्छौ', केही सहयोग जुटेको छ तर त्यतिले नपुग्ने रहेछ, त्यसैले सहयोगका लागि सबैमा आग्रह गर्दछु”, नवराजले भने। रासस

प्रकाशित: ६ श्रावण २०७४ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App