८ वैशाख २०८१ शनिबार
समाज

एघार दिनदेखि बेपत्ता तिलबिरको शव फेला

पाल्पा – एघार दिनदेखि बेपत्ता तिलबीर गाहाको शव तिनाउ खोलामा फेला परेको छ । जिल्ला वन कार्यालयका सवारी चालक गाहा असार २५ गते तिनाउ खोलाको बाढीमा बेपत्ता भएका थिए । 

माथागढी गाउँपालिका–१ का ४० वर्षीय गाहाको शव माथागढी गाउँपालिका–३, कसेनीको बतासीमा खोलामा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै बेपत्ता भएका अन्य तीनको शव २८ गते भेटिएको थियो । २५ गते आफन्तको विवाह भोजमा गएर जिल्ला सदरमुकाम फर्कदै गरेका चार जना र लु १ ज १२१७ नम्बरको जीप तिनाउ खोलाले बगाएको थियो ।

प्रहरी नायव उपरिक्षक रमेशराज पण्डीतले जीपलाई २६ गते र अन्य तीन जना माया गाहा, उषा श्रेष्ठ र पदमबहादुर कुँवर मगरको शव तिनाउबाट निकालेर आफन्तलाई बुझाएको बताए । 

प्रकाशित: ५ श्रावण २०७४ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App