coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङको गंगाजमुनामा पहिरो जाँदा ७ घर पुरियो

धादिङ– धादिङको गंगाजमुना गाउँपालिका २ स्थित प्रुनुम गाउँमा बुधबार विहान पहिरो जाँदा ७ घर पुरिएको छ । गंगाजमुना १ को ख्यामीडाँडा भन्ने ठाउँबाट झरेको पहिरोले वडा नम्बर २ को उक्त गाउँ पुरेको हो। 

१२ घर रहेको उक्त गाउँमा पानी परेसँगै ढुंगाहरू खस्न थालेपछि मानिसहरू भने मंगलबार साँझ नै अन्यन्त्र स्थानान्तरण भएका थिए ।  ‘मानिस सबै अन्यन्त्र पुगेकाले मानवीय क्षति नभएपनि सात वटा घर पुरियो, पहिरो अझै पनि आइरहेको छ बाँकी घरहरू पनि सबै पुरिन्छ होला’ स्थानीय फैसिङ तामाङले भने।  

भूकम्प पश्चात नै पहिरोको जोखिमयुक्त क्षेत्र घोषणा गरिएको उक्त गाउँ सदमुकाम धादिङवेसीबाट दुई दिनको पैदल यात्रा गरेपछि पुगिन्छ। 

जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठक बसेर पहिरोले पीडित लाई तत्काल अन्यत्र सार्न र राहत पुर्‍याउने निर्णय गरेको छ।

प्रकाशित: ४ श्रावण २०७४ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App