७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा यात्रु बस र ट्रक ठोक्किंदा ३१ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको खटौटीमा भएको दुर्घटनाग्रस्त यात्रु बस र ट्रक । तस्विर : नागरिक

धादिङ –  पृथ्वी राजमार्गको खटौटीमा यात्रु बस र ट्रक आपसमा ठोक्किदा ३१ जना घाइते भएका छन् । 

महोत्तरीबाट काठमाडाैँ आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरिततर्फबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ खटौटी पुल नजिक जुधेर दुर्घटनामा परेको हो । 

शनिबार विहान करिब साढे ६ बजे भएको दुर्घटनामा बस र ट्रक दुबै सवारीका चालक सहित ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका इनिस्पिेक्टर बरुण बहादुर सिंहले जानकारी दिए । गम्भीर घाइते ३ जनालाई उपचारको लागि काठमाडाँै लगिएको छ भने अन्य घाइतेहरुको मलेखु सामुदायिक अस्पताल र गजुरीमा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश बसमा सवार यात्रु छन् ।

दुर्घटनापछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग ३ घण्टापछि एकतर्फी खुलेको छ । लोड ट्रक भएकोले साइड लगाउन नसकिएकोले राजमार्ग खुलाउन समस्या भएको इनिस्पेक्टर सिंहले बताए । दुबै सवारीका चालक घाइते भएकोले दुर्घटनाका कारण खुलेको छैन । 

 

 

 

प्रकाशित: ३१ असार २०७४ ०४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App