७ वैशाख २०८१ शुक्रबार
समाज

शान्ती पदयात्राको बजेट मनोरञ्जनमा

धादिङ- उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा शान्ति पदयात्राको लागि छुट्ट्ययाइएको एक लाख बजेट धादिङको स्थानीय शान्ति समितिले चितवन पुगेर मनोरञ्जनमा सकेको छ।

हिंसाग्रस्त क्षेत्रमा मेलमिलापको वातावरण सिर्जना गराउन शान्ति पदयात्राको लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत स्वीकृत बजेट एकैदिन एउटै होटलमा सकेका छन्। उत्तरी धादिङको साबिक पाँच गाविसमा शान्ति सभा तथा शान्ति पदयात्राका लागि स्वीकृत एक लाखस्थानीय शान्ति समितिले चितवनको सिद्धार्थ होटलमा पुगेर मनोरञ्जनमासकेको हो।

'उत्तरका पाँच गाविसमा शान्ति पदयात्रा गर्ने भनेर स्वीकृत भएको बजेट हो, शान्ति पदयात्रा उपसमितिका संयोजक रामसिंह तामाङले भने, 'हिंसाग्रस्त क्षेत्रमा नै जाने भनेर कार्यक्रम पनि तय गरिएको हो टिम (नेताहरु) ले मानेन।' बुधबार चितवनको सिद्धार्थ होटलको कार्यक्रममा भने संयोजक तामाङ सहभागी थिएनन्। 

'द्वन्द्व व्यवस्थापनको बजेट होटलमा व्यवस्थापन भयो। कार्यक्रमका एक सहभागीले भने, 'बिरालो बाँधेर श्राद्ध गरे झैंविगत र वर्तमानको समीक्षा गरे, त्यसपछि खाई–पिई सुरु भयो।'

चितवनमा आयोजित कार्यक्रममा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, नेता खेम लोहनी, कांग्रेस पूर्वसभापति रामनाथ अधिकारी, माओवादी केन्द्र अध्यक्ष रामबहादुर भण्डारी लगायत जिल्लाका प्रमुख नेताहरु र सहायक प्रमुख जिल्ला अधिकारी सहित शान्ति समितिका पूर्व संयोजक र पदाधिकारी सहभागी थिए। बुधबार कार्यक्रम आयोजना गरिएको सिद्धार्थ होटलमा प्रतिव्यक्ति खाना, खाजा र बासको मात्रै भ्याट सहित ४५ सय पर्छ। शान्ति समितिको कार्यक्रममा ३५ जना सहभागी थिए। स्रोतका अनुसार खाना र खाजाको मात्रै ८० हजारको बिल तिरिएको छ। अन्य खर्चका सम्बन्धमा सम्बन्धित अधिकारीले प्रतिक्रिया दिन चाहेनन्।

शान्ति समितिका पदाधिकारी र नेताहरुले भने हिउँदमा चुनाव लागेको र वर्षा लागेपछि उत्तर जान नसकिने भएकोले होटलमै अन्तर्क्रिया गरिएको प्रतिक्रिया दिएका छन्।

जहाँ द्वन्द्व छ, हिंसाग्रस्त छ त्यस्ता क्षेत्रलाई फोकस गरेर बजेट तथा कार्यक्रम तयार गरिएपनि बर्सेनि महँगा होटल र रेस्टुराँमा खर्च हुने गरेकेा छ।अघिल्लो वर्ष (आव२०७२/०७३)पनि उत्तरी धादिङकै नाममा बजेट स्वीकृत गरेर चितवनकै रिभरसाइड स्पि्रङ रिसोर्टमा भोज गरेर बजेट सकेका थिए।

प्रकाशित: ३० असार २०७४ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App