९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

फाइल तस्वीर

राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ। साथै रोगको शीघ्र नियन्त्रण, पशुवस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ।

सञ्जालले आज पत्रकार सम्मेलन गरी उक्त माग पूरा नभए किसानले चक्काजाम लगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ। सञ्जालका संयोजक एवं नेपाली कांग्रेस निकट नेपाल किसान महासंघका सभापति गणेशचन्द्र तिमिल्सिनाले लम्की स्किनका कारण देशभरका किसान मारमा परेको बताए।

नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब ४० अर्ब रुपैयाँको क्षति भइसकेको जनाउँदै नियन्त्रण नभएमा एक अर्ब रुपैयाँसम्म क्षति हुन सक्ने बताए।

सञ्जालले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका ‘स्टल’लाई प्रक्रिया बमोजिम प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउन पनि माग गरेको छ। सञ्जालले हरेक दिन समितिको परिसरमा धर्ना दिंदै आएको छ। सञ्जालले गत असार २४ गते कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो।

यस्तै सञ्जालले किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बीमा बापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नुपर्ने लगायत माग अघि सारेको छ। सञ्जालमा विभिन्न नौ किसान संगठन आबद्ध छन्।

प्रकाशित: ११ श्रावण २०८० ०८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App