८ वैशाख २०८१ शनिबार
समाज

चोरी गर्ने दुई पक्राउ

रुकुम –जिल्ला प्रहरी कार्यालयले चोरी गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरेको छ । वाँफिकोट गाउँपालिका मग्माका मदनसिंह खत्री र मुसीकोट नगरपालिकाका कमल शर्मालाई आइतवार प्रक्राउ गरेको हो ।

सुराकीको आधारमा शर्मालाई घरबाट र खत्रीलाई पसलबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अंगुर जिसीले जानकारी दिए । उनका अनुसार रुकुम उद्योग वाणिज्य संघमा खत्री र मुसीकोट ५ सेरीगाउँको यमुना नन्द नमुना माध्यमिक विद्यालयमा शर्माले चोरी गरका हुन् ।

रुकुम उद्योग वाणिज्य संघवाट तीन थान ल्याप्टप, एक थान प्रोजेक्टर, तीन थान क्याल्कुलेटर लगाएतका सामान चोरि भएको थियो । उद्योग वाणिज्य संघ यही २ गते राती चोरी भएको थियो । सेरीगाउँको विद्यालयबाट डेस्कटप लगायतका सामग्री चोरी भएका थिए ।

उनीहरु विरुद्ध चोरी मुद्दा दर्ता गर्ता गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित: २१ जेष्ठ २०७४ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App