८ वैशाख २०८१ शनिबार
समाज

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण

नुवाकोट- त्रिशूली नदीको पश्चिम जिल्लाहरुमा तामाङ भाषाको एकै लवज र शैलीलाई कायमै राखी प्रवर्धन गर्न बर्ण सम्वर्धन प्रशिक्षण नुवाकोटबाट सुरु भएको छ।

नुवाकोट सहित सात जिल्लामा तामाङ समुदायको भाषा र शैली एकै प्रकारको भएपनि अझै केही अष्पस्टता तथा लवजमा देखिएको असमानतालाई हटाएर एकै प्रकारको बर्ण विन्यास बनाउन प्रशिक्षकहरु मार्फत नुवाकोटबाट अभिमुखिकरण दिन सुरु गरिएको हो। हिमाल आदिवासी समाज बौद्ध काठमडौको आयोजनामा नुवाकोटको मेघाङ गाँउपालिका वडा नम्बर ३ देउरालीमा रहेको देउराली माविमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीलाई समेत तामाङ बर्ण सम्बन्धि प्रशिक्षण दिन थालिएको प्रशिक्षक धनम तामाङले जानकारी दिए।

तामाङ समुदायको भाषालाई एकै अर्थ, सन्देश र बुझाई सही बनाउनको लागी नुवाकोटको विभिन्न दश विद्यालयमा सञ्चालन हुने बर्ण प्रबद्र्धन कार्यक्रम अन्तरगत देउराली माविमा सरोकारवाला ६० जना भन्दा बढीलाई प्रशिक्षण दिएकाले यसलाई क्रमश अन्य विद्यालयमा समेत सञ्चालन गर्ने योजना बनाइएको छ।

हिमाल आदिवासी समाज बौद्धले त्रिशूली पश्चिममा पर्ने जिल्लाहरु नुवाकोट सहित रसुवा, धादिङ, गोरखा, लमजुङ्ग, चितवन र कञ्चनपुरमा तामाङहरुको एकै प्रकारण्को बोली र भाषा रहेको बर्णविन्यास प्रयोगमा रहेकाले सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । त्रिशूली नदीबाट पूर्व र पश्चित क्षेत्रमा बसोबास गर्दै आएको तामाङ समुदायको भाषा फरक फरक छ । देउराली माविका शिक्षक सन्तोष गिरीले भने, “भाषामा फरक हुने भएपनि एकै क्षेत्रमा बोलचाली गर्ने तथा व्यवहारमा अपनाउने भाषाको समेत नियमित अभ्यास नहुदाँ हिमाल आदिवासी समाजले बर्ण प्रबद्र्धन अभियानमा सञ्चालनमा ल्याएको हो।”

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App