१६ चैत्र २०८० शुक्रबार
समाज

विभत्स अवस्थामा एक पुरुषको शव फेला

सिरहा – सिरहामा  टाउकोमा धारिलो हतियारको प्रहार र घाँटी छिनाइएको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ।

सिरहा लक्ष्मीपुर ३ थहलाका ३४ वर्षीय सत्रुघन यादवको शव सिरहा ४ रमौलमा हत्या गरिएको अवस्थामा भेटिएको हो । 
सिरहाका एसपी शेखर कोइरालाका अनुसार माडरबाट सिरहा ६ बसपिट ससुराली तर्फ जाँदै गर्दा उनको हत्या भएको अनुमान गरिएको छ ।

उनको शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । घटनाको थप अनुसन्धाका लागि मृतकका सालो र पत्नीलाई नियन्त्रण लिइएको एसपी कोइरालाले बताए । 

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App