८ वैशाख २०८१ शनिबार
समाज

चरिकोटका धारामा दूषित पानी, संक्रमितले भरिए अस्पताल

चरिकोटको धारामा अाएको पानी। तस्विरः रमेश

दोलखा—चरिकोट बजारबासीलाई खानेपानी वितरण गर्ने र त्यसको ब्यबस्थापन जिम्मा लिएका उपभोक्ता समितिको लापरवाहीका कारण सदरमुकाम चरिकोटबासी दुई सातादेखि दूषित पानी पिउन बाध्य छन्।

बजार क्षेत्रका प्रायः घरहरुमा धमिलो पानी आईरहेको र चरिघ्याङ र बीचबजार क्षेत्रमा भने लामो समयदेखि पानी नआएको स्थानियले गुनासो गरेका छन्। दूषित पानी पिएकै कारण चरिकोटका अस्पतालहरु बिरामीले भरिभराउ भएका छन्।   

सदरमुकाम चरिकोटको मुख्य बजार क्षेत्रमा खानेपानी वितरणको जिम्मा पाएको चरिकोट खानेपानी उपभोक्ता समितिले घर घरमा जडान गरेको धारामा दुई साता बढीदेखि भल मिसिएको दूषित पानी आइरहेको स्थानिय नारायणबहादुर श्रेष्ठले बताए। ‘बाल्टिन थाप्यो कि भल मिसिएको पानी आउछ’ उनले भने – ‘त्यसैले घरको पानी खानै छाडेर बजारमा जारको पानी किनेर खान थालेका छौंं।’

‘पहिला हामी काहाँ यस्ता बिरामी एका दुई मात्र देखिन्थे’ उनले भने – ‘अहिले सरदर ३ सय मा १ सय जना त यस्ता बिरामी मात्र आउनुहुन्छ।'

समितिले भने मुहान रहेको क्षेत्र आसपासमा डोजरले बाटो खनेका कारण भल मुहानमा पसेकाले पानी धमिलो आएको बताएको छ। ‘कालिञ्चोक जाने बाटोमा रहेको गैरीमा डोजरले भत्काएका कारण भल पसेको हो’ समिति अध्यक्ष बद्री श्रेष्ठले नागरिकन्युजसँग भने, ‘छिट्टै मर्मत सम्भार गरेर सुद्ध पानी खवाउने प्रयास गर्दैछौं। उनले लामो समय देखी त्यस स्थानमा सडक खन्ने काम भईरहेको र आकाशबाट परेको पानीले भल मिसिएको दाबी गरे।’

चरिकोटमा मुख्य रुपमा चरिकोट खानेपानी उपभोक्ता समितिले गैरी र डुँडखोलाका मुहानबाट ल्याएको पानी वितरण गर्दै आएको छ। चरिकोट–कालिञ्चोक सडकखण्ड स्थित सुष्पाक्षमावतीको गैरी र हातिछहरा नजिकको डुँडखोला मुहानबाट ल्याइएको खानेपानी मैदानेमा रहेको ‘रिजर्भ’ ट्याङकीमा जम्मा गरिन्छ। रिजर्भ ट्याङकीबाट सिमपानीको माथिल्लो भागमा रहेको मुख्य ट्याङ्कीमा खसालेपछि विभिन्न चेम्बरहरुमार्फत बजारभरी खानेपानी वितरण गरिन्छ। गैरीको मुहानबाट आएको पानी मैदानेमा थिग्राउने बिधि नहुँदा पानी धमिलो आइरहेको स्थानीयले बताएका छन्। ‘यहाँ थिग्राउने र धमिलो पानी छान्ने प्रविधि बनाउने नाममा थुप्रै पटक बजेट आईसक्यो’ एक स्थानियले भने – ‘तर पनि बजारबासीले धमिलो पानी खाईरहनुपरेको छ।'

अधिकांश घरमा दूषित पानी गएपनि कतिपय टोलहरुमा अहिले सम्म पानी गएको छैन् । चरिघ्याङ बिचबजार लगायतका टोलहरुमा लामो समय देखी पानी नआएको स्थानियले बताए । ‘७ दिन पछि हिजो आएको थियो त्यही पनि साह्रै धमिलो’ दोलखा उद्योग बाणिज्य संघका महासचिव समेत रहेका स्थानिय ईन्द्रबहादुर श्रेष्ठले भने – ‘सुधार नभए त स्थिती विकाल हुने देखिदैछ’ । उनले खानेपानी समस्या सामाधानका लागी स्थानिय प्रशासन र सरोकारवालाहरुलाई आग्रह गरिएको सुनाए ।

दूषित पानीले बिरामी बढे
स्थानिय दूषित पानी पिउन बाध्य भएका कारण बिरामीको संख्या बढेको छ। घर घरमा बालबालिका र बृद्धबृद्धा बढी बिरामी पर्न थालेका छन्।  सदरमुकाम चरिकोटका अस्पतालहरु दूषित पानी पिउदा लाग्ने रोगका कारण उपचार गर्न आएका बिरामीहरुले भरिभराउ छन्। चरिकोट अस्पतालका प्रमुख डाक्टर विनोद दंगालले पछिल्ला हप्ताहरुमा झाडापखाला, जण्डीस, टाईफाईड, ज्वरो, रुघा, खोकी, टन्सीलाईटिस र पेट सम्बन्धी बिरामीहरुको संख्या ह्वात्तै बढेको बताए । ‘पहिला हामी काहाँ यस्ता बिरामी एका दुई मात्र देखिन्थे’ उनले भने – ‘अहिले सरदर ३ सय मा १ सय जना त यस्ता बिरामी मात्र आउनुहुन्छ।' पानीका कारण लाग्ने रोगले विकराल रुप लिने खतरा बढ्न लागेको भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन् ।   

खानेपानी समेत अपुग    

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चरिकोटले चरिकोटको खानेपानी समस्या दिर्घकालिन समाधानका लागी हातिछहराको पानी ल्याउने काम भईरहेको सुनाए। ‘अहिलेका मुहानहरुबाट ल्याईएको पानी एक त अपुग छ’ उनले भने – ‘यसका लागि हातिछहराको पानी ल्याउन उपभोक्ता समितिहरु मार्फत नै प्रयत्न गरिरहेका छौं।' उनले खानेपानी समस्याका लागी प्राविधिक र आर्थिक रुपमा उपभोक्ता समितिहरुलाई सहयोग गरिराखेको जानकारी दिए।

प्रकाशित: १६ जेष्ठ २०७४ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App