coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चुनावमा मनसुन प्रभाव : विज्ञको अनुमान बाझियो

काठमाडौं- सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन सारेर असार ९ गते पुर्‍याएपछि मतदानमा मनसुनले पार्न सक्ने प्रभावबारेको विज्ञको अनुमान बाझिएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन गत वर्षको भन्दा ढिलो प्रवेश गर्ने र प्रभाव खासै नपर्ने जनाएको छ भने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले भने अघिल्लो वर्षभन्दा यसपटक छिटै मनसुन प्रवेश गर्ने बताएका छन्।

'श्रीलंकामा मनसुन भर्खरै सुरु भएकेा छ, त्यो नेपाल आइपुग्न १५ दिनजति  लाग्छ'

'मनसुन सामान्यतया जेठ २७ गते नेपाल प्रवेश गर्ने हो तर यस वर्ष चारपाँच दिन ढिलो सुरु हुने प्रारम्भिक अनुमान छ', विभागका महानिर्देशक डा. ऋषिराम शर्माले नागरिकस“ग भने, 'मनसुन प्रवेश गर्दा कतिपय अवस्थामा सक्रिय पनि हुन्छ कतिपय अवस्थामा निष्त्रि्कय। निष्त्रि्कय भयो भने यसले कहीं पनि समस्या पर्दैन।' उनको भनाइअनुसार यसपटक असार १ गते मनसुन भित्रिने सम्भावना छ।

सरकारले जेठ ३१ गतेलाई तय गरेको दोस्रो चरणको निर्वाचन मिति सारेर जेठ ९ गते पुर्‍याएको छ। दोस्रो चरणमा पूर्वका पहाडी क्षेत्र, तराईका सबै भूभाग र पश्चिमका पहाडी क्षेत्रमा निर्वाचन हुँदैछ। 'पूर्वबाट मनसुन भित्रिने भएकाले पहाडी क्षेत्रमा केही प्रभाव पार्न सक्छ। मध्य तथा पश्चिमको तराई र पहाडी क्षेत्रमा खासै प्रभाव पर्दैन', डा. शर्माले भने।

पूर्वबाट भित्रिएको मनसुन पश्चिमसम्म फैलिन एक सातादेखि १० दिनसम्म लाग्छ। शर्माका अनुसार मनसुन सक्रिय हुँदै भित्रियो भने पूर्वी क्षेत्रमा खोलानाला बढेर मतदातालाई मतदानमा भाग लिन अप्ठेरो हुन सक्छ।

डा. शर्माका अनुसार मनसुन श्रीलंकामा भर्खरै सुरु भएकेा छ। त्यो नेपाल आइपुग्न १५ दिनजति  लाग्छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने अघिल्ला वर्षको तुलनामा यसपटक मनसुन छिटो सुरु हुने सम्भावना रहेको बताए। 'यसपटक अलि छिटो सुरु हुन्छ जस्तो छ', उनले भने। महाशाखाले अहिले तीन दिनसम्मको मात्र मौसम पूर्वानुमान गरिरहेको छ। त्यसैले अहिले नै पछिसम्मको मनसुनको पूर्वानुमान गर्न अलि छिटो हुन्ो उनको भनाइ छ।

साउथ एसियन क्लाइमेट आउट लुक फोरमको आठौं बैठकले 'लानिना' को सक्रियताले गर्दा यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको छ। फोरमले दक्षिण एसियाको मध्य तथा दक्षिण पश्चिम भेगमा बढी र पूर्वी तथा दक्षिण पूर्वी भेगमा औसतभन्दा कम वर्षा हुने जनाएको छ। नेपालको प्ाूर्वी भेगमा भन्दा पश्चिमतिर बढी वर्षा हुने सम्भावना औंल्याइएको छ। गत वर्ष 'इललिनो' प्रभावले वर्षा कम भएको थियो। सन् २०१४ मा देखिएको 'इललिनो' सन् २०१६ सम्मै कायम रह्यो र खडेरी उत्पन्न गरायो।

प्रशान्त महासागरमा पानी औसत तापमानभन्दा बढी तात्नेे प्रक्रियालाई 'इलनिनो' भनिन्छ भने यसको ठीक विपरीत पानी चिसो हुने प्रक्रियालाई 'लानिना' भनिन्छ। 'ल्ाानिना' को प्रभाव देखा पर्ने बेला भूमध्य रेखास्थित प्रशान्त महासागरको पूर्वी तथा मध्य क्षेत्रको सतहको पानी औसत तापमानभन्दा बढी चिसो हुने हुँदा त्यस क्षेत्रको वायुमण्डलीय चापमान स्ाामान्य अवस्थामा भन्दा बढी हुन्छ।

प्रकाशित: १६ जेष्ठ २०७४ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App