coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जंगली च्याउ खाँदा शिक्षकको मृत्यु, ११ बिरामी

पाल्पा- जंगली च्याउ खाँदा रामपुरमा एक शिक्षकको मृत्यु भएको छ। एघार जना बिरामी भएका छन्। जंगली च्याउ खाएर विरामी भएका रामपुर–३ का टेकबहादुर मल्लको आईतबार मृत्यु भएको हो। ५४ वर्षीय मल्ल स्थानीय सिताकुण्ड माध्यमिक विद्यालयका शिक्षक भएको बताईएको छ।

                शनिबार साँझ नजिकैको जंगलबाट ल्याएको च्याउ खाएकाहरु मध्ये एकको मृत्यु भएको र अन्य सबै बिरामी परेका हुन् । उनीहरु सबैको लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा उपचार भैरहेको छ। च्याउ खाएका मध्ये मृतकको श्रीमति ४८ वर्षकी शोभाकुमारी मल्लको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिरामी पर्ने बच्चाहरुमा मनिषा खाँड, मौसम खाँड र किस्मत मल्ल रहेका छन् । शनिबार उनीहरु सबैले सँगै जंगली च्याउ खाएको बताईएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७४ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App