८ वैशाख २०८१ शनिबार
समाज

बरको हाँगा भाँचिएर डोजर चालकको मृत्यु

गोरखा- गोरखाको पालुङ्टार नगरपालिका–२ चापाभञ्याङमा सडक स्तरोन्नति गर्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा डोजर चालकको घटनास्थलमै निधन भएको छ ।

चापाभञ्याङ शारदा माध्यमिक विद्यालय हुँदै पोखराबेँसी सडक स्तरोन्नति गर्ने क्रममाः एक्कासि बरको रुखको हाँगा डोजरमा बज्रिएको थियो ।

घटनामा परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३५ वर्षीय रामबहादुर लामाको आज दिउँसो घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए।

रुखको हाँगाले चालक लामाको टाउको र छातीमा चोट लागेको थियो । डोजरको अघिल्लो भाग पनि पूर्णरुपमा क्षति पुगेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, गोरखामा राखिएको छ। रासस

प्रकाशित: १३ जेष्ठ २०७४ १४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App