६ वैशाख २०८१ बिहीबार
समाज

खोलाले बगाउँदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो। 

खोलाले बगाउँदा– २२ वर्षीय गोपाल तामाङ झन्डै एक किलोमिटर पर मृत अवस्थामा फेला परेकाछन् भने उनकी श्रीमती २१ वर्षीया रिना तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

बेपत्ता रिनाको खोजी भइरहेको छ । शुक्रबार सो क्षेत्रमा ठूलो वर्षा भएकाले खोला बढेको स्थानीयवासीले बताएका छन् । खोलामा पानीको सतह बढे पनि दुबै एकैसाथ खोला तर्ने क्रममा अचानक बगेको बताइएको छ। 

सुतेकै ठाउँमा मृत फेला 

यसैगरी ताप्लेजुङ सदरमुकाम फुङ्लीङको एक होटलमा बेलुकी खाना खाएर सुतेका ट्रक चालक सुतेकै ठाँउमा मृत फेला परेका छन्। 

फुङ्लिङ नगरपालिका– ४ मा स्टाफ होटलमा खाना खाएर सुतेका ना २ ख ८५६९ नम्बरको ट्रकका चालक गणेश खवास आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

झापा घर भएका अन्दाजी ४०÷४५ वर्षीय खवास सहचालकसँगै सुतेका थिए । बिहान उठ्ने क्रममा उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। रासस 

प्रकाशित: १३ जेष्ठ २०७४ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App