१६ चैत्र २०८० शुक्रबार
समाज

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

ताप्लेजुङ- ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ७ साविकको सुरुम्खिम गाउँ विकास समिति अम्बरटार बस्ने एक दम्पतिलाई स्थानीय सिवा खोलाले बगाउँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमति बेपत्ता छिन्।

किराना पसल सञ्चालन गर्दै आएका दम्पति २२ बर्षिय गोपाल तामाङ र २१ बर्षिय रिना तामाङ् पसलको सामान लिएर खाम्दिनेबाट घर तर्फ फर्कदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएको स्थानीय गोपालबहादुर  गौतमले जानकारी दिए । खोलाले बगाएका दम्पति मध्ये श्रीमान् गोपालको शव फेला परेको र श्रीमति रिना बेपत्ता रहेको गौतमले बताए । शुक्रवार सो क्षेत्रमा निकै ठूलो बर्षा भएको थियो । बर्षा पछि बढेको खोलाले उनीहरुलाई बगाएको थियो ।  गोपालको शव बगाएको दुरी भन्दा करिव एक किलोमिटर टाढा फेला परेको समेत गौतमले जानकारी दिए।

प्रकाशित: १२ जेष्ठ २०७४ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App