८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

कोहलपुर – नेपालगन्जस्थित दंगा नियन्त्रण प्रहरी गण अगाडि दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

नेपालगन्ज १ वाटरपार्कदेखि दंगा नियन्त्रण गणतर्फ आउँदै गरेको भे ५ प ६५२६ नम्बरको मोटरसाइकल र धम्बोजीबाट पुष्पलालचोक आउँदै गरेको भे ७ प ११११ नम्बरको मोटरसाइकल गएराती पौने दशबजे चोकमा ठोकिएका थिए ।

मोटरसाइकल एकआपसमा ठोकिँदा भे ५ प ६५६६ नम्बरका चालक नेपालगन्ज ४ का अबिशेष सिजापतीको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । यस्तै भे ७ प ११११ मोटरसाईकल चालक बर्दिया कालिकाका रोशन राणा र पछाडि सवार रोशन सल्मानी गम्भीर घाइते भएका छन् । 

घाइेतेको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेका मोटरसाइकल दंगा प्रहरी गुल्म अगाडि चोकमा ठोकिएका हुन्।

प्रकाशित: ८ जेष्ठ २०७४ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App