१६ चैत्र २०८० शुक्रबार
समाज

सिमरामा बस दुर्घटना, दुईको मृत्यु, २७ घाइते

कलैया – जितपुर–सिमरा उपमहानगरपालिका–१ मा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट जनकपुरतर्फ गईरहेको ना ७ ख १६१४ नं को रात्रिबस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा परी महोत्तरी रौतली–६ का ४५ वर्षीय बल्ला यादव र धनुषा तारयती सीसीवाका ३२ वर्षीया किरणदेवी साह रहेको प्रहरीेले जनाएको छ । 

अन्य घाइतेको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: ६ जेष्ठ २०७४ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App