१५ चैत्र २०८० बिहीबार
समाज

मोरङमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

मोरङ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा शनिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शनिबार विहान पश्चिमबाट पूर्व तर्पm जाँदै गरेको टिप्परलाई पछाडिबाट तिव्र गतिबाट आएको बसले ठक्कर दिएको जनाएको छ । बसको अगाडि बसेका अधिकांश यात्रु घाइते भएका हुन ।

दुर्घटनामा परी धरान–१५ का ७७ वर्षीय भिमबहादुर लिङ्देनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । लिङ्देनको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । 

बेलबारी–४ बेतना सिमसारमा ना ५ ख ८५०१ नम्बरको बसले बा २ ख ७१८५ नम्बरको टिपरलाई पछाडिबाट ठक्कर दिएको इप्रका बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले बताए । उनले भने,‘तिव्र गतिमा आएको बसले ओभर टेक गर्न खोज्दा नियन्त्रण बाहिर भएपछि टिपरको पछाडि ठक्कर दिएको हो ।’ टिपरले अगाडी रहेको म्याजिक भेनलाई ओभर टेक गर्न खोज्दा दाहिने साइड च्यापेर अघि बढ्न खोज्दा  र पछाडिबाट तिव्र गतिमा आएको बसले म्याजिक भेन र टिपरलाई ओभर टेक गर्न खोज्दा दुर्घटना भएको कटुवालले बताए ।  

दुर्घटनामा गम्भीर घाइते भएका सुनसरीको धरान–१३ का नमु गुरुङ, धरान–१६ का गोपाल भट्टराई, मोरङको कानेपोखरीकी निलमाया तामाङ, झापाको गौराहदका तिलचन ढंगाना र गौराहदकै अस्मिता ढंगानाको धरान विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइतेहरूको स्थानीय नोबेल अस्पतालमा उपचार भइरहेको र केही घर फर्केको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३० वैशाख २०७४ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App