१६ चैत्र २०८० शुक्रबार
समाज

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

गुल्मी – जिल्लाको मालिका गाउँपालिकामा सोमबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मालिका गाउँपालिका ४ अर्खवाङ्गका ८० वर्षीय डोरबहादुर खत्रीको मृत्यु भएको हो ।  

घाइते हुनेमा सोही स्थानका १८ वर्षीय लोकेन्द्र केसी, १० वर्षीया सारदा केसी र १५ वर्षीय टिकाबहादुर केसी रहेका छन् । घाइते मध्ये लोकेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । 

घाइतेहरूको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । सोमबार बिहान घरको आँगनमा बसिरहेको बेला सबै जनालाई चट्याङ लागेको स्थानीय रितबहादुर थापाले बताए ।  

प्रकाशित: २५ वैशाख २०७४ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App