coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सप्तरी पत्रकार महासङ्घमा खड्का

राजविराज – नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्षमा जितेन्द्र खड्का विजयी भएका छन् । 

शुक्रबार साँझ अबेरसम्म सम्पन्न मतगणना परिणामनुसार खड्गाले ५४ र उनका निकटतम प्रतिद्वन्द्वी श्रवणकुमार देवले ३२ मत प्राप्त गरेका थिए। समितिका उपाध्यक्षमा श्यामसुन्दर यादव विजयी भएका छन् । 

सचिवमा जितेन्द्रकुमार झा ‘जितु’, राजु विश्वकर्मा र दिनेश शर्मा तथा सहसचिव खुलातर्फबाट चन्दनकुमार यादव र समावेशी सहसचिवमा डम्बर राई विजयी भएका छन् । 

कार्यसमितिका कोषाध्यक्षमा शुभचन्द्र झा तथा सदस्यमा विन्दुकुमार यादव, भूषणकुमार सिंह, कृष्णदेव यादव, गङ्गाप्रसाद साह र वृजमान तामाङ चुनिएका छन् । 

त्यस्तै केन्द्रीय पार्षद्मा मुरलीप्रसाद यादव, अवधेशकुमार झा, भोलाकुमार पासवान, देवराम यादव, गणेशलाल देव, शैलेन्द्रमोहन झा, अनिलकुमार अनल र व्यासशङ्कर उपाध्याय तथा प्रदेश पार्षद्मा राजेशकुमार झा, मिथिलेश यादव, सुमन मिश्र, नवीन गुप्ता, महेन्द्रप्रसाद मण्डल, महेश्वर भारती, पवनकुमार मिश्र, वैद्यनाथ यादव, शिवनारायण साह, मनोजकुमार माझी, देवेन्द्र मिश्र, रश्मि झा र भोलारमण उप्रेती विजयी भएका छन्। 

यसअघि महिला उपाध्यक्षमा सुधा देव, महिला सदस्यमा रक्षा चौधरी र सदस्य जनजातितर्फ भूपेन्द्रकुमार मण्डल तथा केन्द्रीय पार्षदमा माला कर्ण र ढमला भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन् । रासस 

प्रकाशित: २३ वैशाख २०७४ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App