६ वैशाख २०८१ बिहीबार
समाज

अाधा केजी सुनसहित त्रिभुवन विमानस्थलकै अधिकृत पक्राउ

सुनको सांकेतिक तस्विर

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकृत तहका कर्मचारी आधा केजी सुनसहित पक्राउ परेका छन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं उत्रिएका यात्रु मनीष रिमालले ल्याएको ४६६ ग्राम सुन रिसिभ गर्ने किशोर कुमार खत्रीलाई भन्सारले पक्राउ गरेको हो।

रिमाल तनहूँ दुलेगौंडा निवासी हुन्। उनी चार वर्ष कतार बसेर नेपाल फर्किंदै थिए। पक्राउ परेका खत्री नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौं तहका हुन्। एयर ट्राफिक कन्ट्रोल (एटिसी) मा कार्यरत भएकाले उनीसँग विमानस्थलको सबै भाग पुग्न सक्ने प्रवेश पास हुन्छ।

मानस्थल कर्मचारी  किशोर कुमार खत्री धावनमार्गमै पुगेर रिमाललाई रिसिभ गर्दै सुन आफूले लिएका थिए। रिमाल र खत्री दुवैलाई भन्सारले पक्राउ गरेको छ।

रिमाल तनहूँ दुलेगौंडा निवासी हुन्। उनी चार वर्ष कतार बसेर नेपाल फर्किंदै थिए। पक्राउ परेका खत्री नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौं तहका कर्मचारी हुन्। अाठौं तह उपसचिव सरह मानिन्छ। एयर ट्राफिक कन्ट्रोल (एटिसी) मा कार्यरत भएकाले उनीसँग विमानस्थलको सबै भाग पुग्न सक्ने प्रवेश पास हुन्छ।

खत्री रिमाललाई रिसिभ गर्न धावानमार्गमै पुगेपछि भन्सार सुराकीले उनीमाथि निगरानी बढाएका थिए। खत्रीले शंकास्पद ढंगले ब्याग लिएको देखेपछि विमानस्थल भन्सार कर्मचारी शंका लागेर पछ्याएका थिए।

‘धावनमार्गमै पुगेर ब्याग लिएको देखिएपछि शंका लागेर भन्सार कर्मचारीले फलो गरेका थिए’, विमानस्थल भन्सार स्रोतले भन्यो, ‘यात्रु चेकजाँच गर्ने ठाउँसम्म हामीले फलो गर्‍यौंं त्यहाँ जाँच गर्दा ४६६ ग्राम सुन भेटियो।’ रिमालले १०-१० ग्रामका चारवटा टुक्रा बनाएर सुन ल्याएका थिए।  सुनसहित विमानस्थलका उच्च कर्मचारी पक्राउ परेपछि यसको लहरो खोतल्न अनुसन्धान सुरु भएको छ।

विमानस्थल भन्सार प्रमुख नारायण सापकोटाले सुनसहित दुईजना पक्राउ परेको पुष्टि गर्दै उनीहरुको बयान भइरहेको बताए। ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं। यो सुनको लहरो कहाँसम्म पुग्छ भनेर अनुसन्धान गर्दैछौं। अनुसन्धानपछि मात्र अरु कुरा भन्न सकिन्छ’, उनले भने।

एक महिना अघि बुद्धको एयरका लोडर सुनसहित पक्राउ परेका थिए। त्यो भन्दा अघि दुबईबाट ल्याएको साढे ३३ केजी सुन बरामद भएको थियो।

प्रकाशित: २२ वैशाख २०७४ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App