२९ असार २०७७ सोमबार
समाज

चट्याङ लागेर दुईको मृत्यु, सात घाइते

फलेवास – पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । 

आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो । 

चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रुखमुनि बसेका नेपालीलाई चट्याङ लागेको थियो भने थापालाई आँगनमा हात धुँदै गर्दा चट्याङ लागेको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर पाङ्राङका विवेक क्षेत्री, अनिल नेपाली, मनोज नेपाली घाइते भएका छन् भने फलामखानीका नन्दु थापा, चन्द्रबहादुर थापा, कमला सुनार र माया सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । रासस 

प्रकाशित: १८ वैशाख २०७४ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App