१५ चैत्र २०८० बिहीबार
समाज

निलम्बन अघि प्रधान न्यायाधीश कार्कीको फैसला : सुडान घोटाला प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ।

६ वर्षअघि ३३ करोड रुपैयाँ घोटाला गरेको सुडान कान्डमाथि सर्वोच्चले अाइतबार फैसला सुनाएको हो।

प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्वर श्रेष्ठको इजालसले पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना,  हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको हो।

पूर्व डिआइजी श्यामसिंह थापा र पूर्व अतिरिक्त महानिरीक्षक दीपकसिंह थाङ्देनलाई १ वर्ष कैद ४० हजार जरिवानाको फैसला सुनाएको छ।  यसैगरी पूर्व अतिरिक्त महानिरीक्षक  दीपक कुमार श्रेष्ठ र डिआइजी रवीप्रताव राणालाई ६ महिना कैद र ३० हजार जरिवानाको फैसला सुनाइएको छ।

प्रकाशित: १७ वैशाख २०७४ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App