७ वैशाख २०८१ शुक्रबार
समाज

ठूलीभेरीमा जीप खस्यो, ३ को मृत्यु, ११ घाइते

ठूलीभेरी नदिमा खसेकाे जीप । तस्बिरः अमराज पुनको फेसबुकबाट।

रुकुम– आठविसकोट नगरपालिकाको छेपारेबाट चिसापानी जाँदै गरेको जीप ठूली भेरीमा खस्दा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

चौरजहारी नगरपालिका– ८ का ११ महिने बालक श्रीजन बुढा, जाजरकोट जिल्ला सक्लाका २८ वर्र्षीय कुमबहादुर बस्नेत र सोही गाउँका १२ वर्षीय धनराज वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको नाम भने थाहा हुन नसकेको प्रहरीको भनाइ छ।

ग १ ज २०६ नम्मरको जीपत शुक्रवार अपहरान्न सोही नगरपालिकाको पिपलचौर नजिकै भेरी नदीमा खसेको थियो। गाडीमा १८ जना यात्रु सवार रहेको बताइएको छ।

डाडी चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमको भनाइ छ। दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिँदै गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १५ वैशाख २०७४ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App