१६ चैत्र २०८० शुक्रबार
समाज

ढुंगेअड्डामा करेन्ट लागेर दुई जनाको मृत्यु

ठमाडौं—ढुंगेअड्डामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङगेअड्डास्थित रिजाक नेपाल संस्थाले बल्खु खोलाको पुल बनाउन लागि माटो परीक्षण गर्न मेशिनद्वारा फलामको पोल गाडेर माथि उठाउने क्रममा पोलले बिद्युतको तारमा छुँदा करेन्ट लागेर ढुङगेअड्‍डा बस्ने उक्त संस्थाका मुगु, नागरपुर–३ का २० बर्षीय नरजंग शाही र नारायण राउतको मृत्यु भएको हो।

करेन्ट लागेर असक्त भएका उनीहरुलाई उपचारको लागि सहिद मेमोरियल अस्पताल कलंकी पठाइएकोमा थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा दुवैजनाको बाटोमै मृत्यु भएको हो।

करेन्ट लागेर असक्त भएका सोही ठाउँका मन्चन शाहीको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ।

प्रकाशित: १४ वैशाख २०७४ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App