८ वैशाख २०८१ शनिबार
समाज

सेन्ट जेभिर्समा भर्ना गर्दिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

काठमाडौं— जावलाखेलस्थित सेन्ट जेभिर्स स्कूलमा भर्ना गर्दिन्छु भनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ, सिसहनिया-१ स्थायी घर भई कुमारीपाटी बस्ने सुगम भन्ने बाबुराम सुवेदी तथा रामेछाप, गेलु-२ स्थायी घर भई वानेश्वर बसोबास गर्ने विनोद भन्ने बिमल खड्का छन्।

थोरै शुल्क र राम्रो शिक्षाका प्रणालीका कारण क्रिश्चियन मिसिनरी स्कूल सेन्ट जेभियर्समा न्यून-मध्यम वर्गीय नेपालीको अाकर्षण रहँदै अाएको छ।

उनीहरुले ५ वर्षे बालक प्रिन्स धिताललाई सेन्ट जेभियर्समा भर्ना गराइदिने भनेर अभिभावकसँग १ लाख ५० हजार रुपैयाँ असुल गरेका थिए।

पर्सा विरुवागुठी -२ घर भई नागार्जुन न.पा.१३ बस्ने रविन प्रसाद धिताल गत चैत २ गते छोराको इन्ट्रान्स फारम भरेर स्कूल बाहिर बसिरहेका अवस्थामा बाबुराम सुवेदी नजिकै आएर तपाइँले छोरा सेन्ट जेभियर्स पठाउन लाग्नु भएको रहेछ नाम निस्किन गाह्रो हुन्छ। मेरो बोस विनोद भन्ने विमल खड्काले सबै मिलाइदिन्छ भन्दै नाम निकाल्न १ लाख ५० हजार रुपैयाँ दिनु पर्ने बताएका थिए।

थोरै शुल्क र राम्रो शिक्षाका प्रणालीका कारण क्रिश्चियन मिसिनरी स्कूल सेन्ट जेभियर्समा न्यून-मध्यम वर्गीय नेपालीको अाकर्षण रहँदै अाएको छ।

छोराको नाम निस्किने आश्वसनमा उनले तत्काल प्रभु बैंकको १ लाख ५० हजार रुपैयाँको चेक सुगम भन्ने बाबुरामलाई दिएका थिए। स्कूलले निकालेको इन्ट्रान्स परीक्षाको रिजल्टमा छोराको नाम ननिस्केपछि उनी आफू ठगिएको निष्कर्षमा पुगेका थिए।

त्यसपछि उनीहरुलाई फोन गर्दा सम्पर्कबिहीन भएपछि रविनप्रसाद धितालले प्रहरीमा उजुरी गरेका थिए। महानगरिय प्रहरी परिसर अपराध महाशाखाको टोलीले वैशाख १३ गते सुगम भन्ने बाबुराम सुवेदीलाई कोटेश्वरबाट र विनोद भन्ने विमल खड्कालाई थापाथलीबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरी ठगी भएको रकमसमेत बरामद गरेको जनाएको छ।

उनीहरुले अन्य व्यक्तिहरुलाई पनि विभिन्न ठाउँमा जागिर लगाइदिन्छु भनी ठगी गरेको खुल्न आएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १४ वैशाख २०७४ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App