१६ चैत्र २०८० शुक्रबार
समाज

मानसिक सन्तुलन गुमाएका कार्की १५ दिनदेखि बेपत्ता

मेलम्ची – सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० बस्ने सहदेवकुमार कार्की १५ दिनदेखि बेपत्ता भएका छन् । 

विगत केही वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका कार्की गत चैत २६ गतेबाट सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ । 

घरबाट मेलम्ची हुँदै काभ्रे जिल्लाको बनेपासम्म पुगेको र खोजखबर गर्दा कुनै पत्ता नलागेको छोरी कविता कार्कीले बताइन् । 

सामान्य मान्छेको भन्दा कपाल लामो भएको निलो रङको टिसर्ट लगाएका मानसिक अवस्था ठीक नभएका कार्कीलाई देख्नु वा फेला पार्नुभएमा ९८४३८२६०४८, ९८६०६१८९०७ वा निजको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन परिवारले आग्रह गरेको छ। 

चालीस वर्षीय कार्कीले विगत लामो समयदेखि मानसिक रोगको औषधि सेवन गर्दै आइरहेका थिए । 

इप्रका, मेलम्चीका प्रहरी नायब निरीक्षक नवराज ढुङ्गानाले उनको खाजी जारी रहेको बताए । रासस 

प्रकाशित: १० वैशाख २०७४ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App