१६ चैत्र २०८० शुक्रबार
समाज

उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं– उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ ।

बाग्मती सफाइको २०६औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी ११ मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिए।

सफाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश थपलियाले सफाइका सहभागीलाई शपथ खुवाउँदै बाग्मती सफाइ महाअभियानको ३००औँ हप्तासम्म सात सय ४४ वटै स्थानीय तहमा सफाइ अभियान सञ्चालन गरिने जानकारी गराए।

बाग्मती सफाइ महाअभियानको २००औँ हप्ताका अवसरमा फागुन २८ गते शङ्खमूलमा आयोजित मूल कार्यक्रममा सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले जारी गरेकाे १० बुँदे घोषणापत्रबमोजिम शुक्रबार दिउँसो २ देखि ३ बजेसम्म ३१ वटै मन्त्रालयमा सफाइ सुरु गरिएको उनले बताए।

रुद्रमती सफाइको १६५औँ हप्तामा रातोपुलबाट सिफल हुँदै कालोपुल–सहिदमार्ग–ज्ञानेश्वरसम्म सफाइसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। त्यस अवसरमा बाटाको फोहरसमेत सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विष्णुमती सफाइको १३७औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको घलेपुलमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

यसैगरी गुह्येश्वरमाथिको बाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले गरेको १६७औँ हप्ताको सफाइमा पनि एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

तिलगङ्गा महिला समूहले पशुपति क्षेत्रमा गरेको ११४औँ हप्ताको सफाइमा पनि जनचेतनामूलक अभियानसहितको सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बाग्मती सफाइ महाअभियान २००औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव सुवेदीले जारी गर्नुभएको १० बुँदे घोषणापत्रबमोजिम गत हप्ता शनिबारदेखि घर टोल सफाइ अभियान चक्रपथको ग्रिन सिटी अस्पताल अघिबाट सुरु गरिएको थियो ।

सो अभियानअन्तर्गत आज वसुन्धरामा भएको सफाइमा १६ मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सङ्घसंस्थाको सहभागिता थियो । रासस

प्रकाशित: ९ वैशाख २०७४ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App