४ वैशाख २०८१ मंगलबार
समाज

मुस्ताङमा बस दुर्घटना, ५ काे मृत्यु, १२ घाइते (अपडेट)

मुुस्ताङमा शनिबार दिउँसो भएको बस दुर्घटनामा घाइतेको उद्धार गरिँदै । तस्बिरः मनवीर किसान

पोखरा– मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री सवार बस दुर्घटनामा परेको छ । मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा पाँचजनाको ज्यान गएको हो ।
ना ५ ख ६०६७ नम्बको बस दुर्घटना हुँदा दुईजना महिला र तीनजना पुरुष गरि पाँचजना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङका डिएसपी हरिहरनाथ योगीका अनुसार मृतकहरुको अहिलेसम्म सनाखत भएको छैन ।  सख्त घाईते भएका १२ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि पोखरा पठाउने तयारी भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर पोखराबाट घाईते लिनका लागि मुस्ताङ उडेको छ ।

‘मुक्तिनाथबाट फर्किदै गर्दा ओरालोमा बसको ब्रेक फेल भएछ । त्यसपछि दुर्घटना भएको हो,’ योगीले भने, ‘बसले च्यापिएर उनीहरुको ज्यान गएको हो ।’ काठमाडौंबाट रिजर्भ गरेर मुक्तिनाथ दर्शनका लागि तीर्थयात्री बोकेर बस मुस्ताङ गएको थियो ।

मुुस्ताङमा शनिबार दिउँसो भएको बस दुर्घटनामा घाइतेको उद्धार गरिँदै । तस्बिरः मनवीर किसान
मुुस्ताङमा शनिबार दिउँसो भएको बस दुर्घटनामा घाइतेको उद्धार गरिँदै । तस्बिरः मनवीर किसान
मुुस्ताङमा शनिबार दिउँसो भएको बस दुर्घटनामा घाइतेको उद्धार गरिँदै । तस्बिरः मनवीर किसान
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App