coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार महासंघ मनाङमा राजन गुरुङ

मनाङ- नेपाल पत्रकार महासंघ मनाङको प्रथम अधिवेशनले राजन गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ।

मनाङको तालबजारमा भएको अधिवेशनले उपाध्यक्षमा नविन अंकूर लामिछाने, महिला उपाध्यक्ष रिया गुरुङ, सचिव कमलजंग गुरुङ, सहसचिव तिलबहादुर गुरुङ, समावेशी सहसचिवमा मिनकाशी गुरुङ र कोषाध्यक्षमा मेनका घले चयन भएका छन्। समितिको सदस्यमा खरीमाया गुरुङ, सुनराम विक, टसी घले र निलम गुरुङ रहेका छन् । अधिवेशनबाट महासंघको केन्द्रिय पार्षद्मा पशुपति अधिकारी, सोलबहादुर गुरुङ, शान्ति श्रेष्ठ र प्रदेश पार्षदमा सुर्यबहादुर विक, सुरेश थापा, छिरिङ लोप्साङ गुरुङ र मनिषा शर्मा चयन भएका छन् ।

                नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य किसान संगीत नेपालीको प्रमुख आतित्थ्यतामा भएको अधिवेशनबाट निवार्चित पदाधिकारीहरुलाई उनले वधाई तथा शुभकामना दिए। सो अवसरमा केन्द्रिय सदस्य नेपालीले हिमालपारीको जिल्ला मनाङमा पत्रकार महासंघको शाखा स्थापना भए सँगै पहिलो पटक अधिवेशन भएकाले मनाङको पत्रकारिता क्षेत्रका लागि ऐतिहासिक कार्य भएको बताए। भौगोलिक विकटताका, वातावरण तथा मौसमी प्रतिकूलता, विकासका पूर्वाधारहरुको अपर्याप्तता जस्ता कारणले मनाङमा पत्रकारिता गर्न केही जटिलता देखिएपनि समुदायलाई सुसूचित गराउने जिम्मेवारीवाट पछि नहट्न सञ्चारकर्मीहरु लाई आग्रह पनि गरे। मनाङ जिल्लामा नेपाल पत्रकार महासंघका कूल ३३ जना सदस्य रहेका छन्। 

 

प्रकाशित: ९ वैशाख २०७४ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App