coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भन्सार छलेको आशंकामा ५० लाखका सामान नियन्त्रणमा

चितव– चितवन जिल्ला प्रहरी कार्यालयले राजस्व छलेको आशंकामा ५० लाख रुपैयाँ बराबरका सामानहरु नियन्त्रणमा लिएको छ। विशेष सुराकीको सूचनाका आधारमा शुक्रबार बिहान आठ बजे प्रहरीले नारायणगढमा ना ५ ख २२७८ नम्बरको १२ चक्के ट्रकलाई चेकजाँच गर्दा सो मूल्य बराबरका हार्डवेयर र कपडाहरु बरामद भएको प्रहरीको भनाइ छ।

नारायणगढ पुलचोकमा रहेको केपी हार्डवेयरको नाममा भैरहवा सुनौली भन्सार नाकाबाट चलानी काटेको ती समानहरुको कागजपत्रमा कम मूल्य कायम गरेर राजस्व चुहावट गरेको चितवन प्रहरीको भनाइ छ ।

‘समानको परिणामभन्दा कम मूल्यको चलानी पूर्जा बनाइ राजस्व चुहावट गरेको देखिन आयो’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता दीपक श्रेष्ठले भने।

प्रहरीले ट्रक र सामानहरु शुक्रबार नै बारा पथलैयामा रहेको राजश्व अनुशन्धान विभाग मधयमाञ्चल क्षेत्रीय कार्यालयमा पठाएको छ। ट्रकका चालक सर्लाही ढुंग्रेखोला–६ का २८ वर्षीय अशोक लामालाई पनि विभागको जिम्मा लगाएको चितवन प्रहरीको भनाइ छ।

प्रकाशित: ८ वैशाख २०७४ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App